Section 44B
गोपनीयता सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी सो सम्बन्धी प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईलाई यस ऐन बमोजिम आफ्नो कार्य सम्पादनको प्रयोजनका लागि गोप्य रहेको मानिने छैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले प्रयोजन खुलाई माग गरेमा सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो कागजात, अभिलेख, विवरण, सूचना तथा जानकारी उपलब्ध गराउनु पर्नेछ ।
(३) प्रचलित कानून बमोजिम गोप्य रहनु पर्ने कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी अनुसन्धान अधिकृत वा वित्तीय जानकारी इकाईले माग गर्ने तथा त्यस्ता कागजात, अभिलेख, विवरण, सूचना वा जानकारी उपलब्ध गराउने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।